प्रदेश १ मा चार्जिङ स्टेशनको जग्गा उपलब्ध नहुँदा विद्युतीय बस सञ्चालन स्थगित

प्रदेश १ मा चार्जिङ स्टेशनको जग्गा उपलब्ध नहुँदा विद्युतीय बस सञ्चालन स्थगित

चार्जिङ स्टेशनको जग्गा उपलब्ध नभएकाले विद्युतीय बस सञ्चालनको प्रक्रिया स्थगित गरिएको छ ।
१ नं. प्रदेश सरकारले विद्युतीय बस सञ्चालनका लागि चाहिने चार्जिङ स्टेशनको जग्गा उपलब्ध नगराएको कारण देखाउँदै सुन्दर यातायात प्रालिले विद्युतीय बस सञ्चालनको प्रक्रिया स्थगित गरेको हो ।
वातावरणीय प्रदूषण कम गर्दै आम नागरिकलाई सहजरूपमा यात्रा गराउने उद्देश्यले काठमाडौंमा विद्युत बस सञ्चालनमा ल्याएको सुन्दर यातायात प्रालिले प्रदेश १ का विराटनगर र धरानबाट पूर्वी सीमा नाका काँकडभिट्टासम्म तथा काँकडभिट्टाबाट कोशी ब्यारेजसम्म वातावरणमैत्री विद्युतीय सार्वजनिक बस सञ्चालन गर्ने तयारी गरेको थियो ।
गत भदौको अन्तिम साता नै काठमाडौंमा विद्युतीय बस शुरू गरेपछि प्रदेश १ मा सेवा सञ्चालनका लागि प्रदेश सरकारलाई प्रस्ताव गरे गरिए पनि प्रदेश सरकारले विद्युतीय बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशनका जग्गा उपलब्ध नगराएकाले फिर्ता हुनु परेको सुन्दर यातायात प्रालि काठमाडौंका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
प्रदेश सरकारको समन्वयमा मन्त्रालयले रूटभित्र पर्ने स्थानीय तहहरूमा विद्युतीय बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशनका निम्ति जग्गा उपलब्ध गराउने पत्रचारसमेत गरिसकेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पटक–पटक चार्जिङ स्टेशनका लागि चाहिने जग्गा भाडामा उपलब्ध गराउन आग्रह गरे पनि बेवास्ता गरेकाले फिर्ता भएको अध्यक्ष थापाले बताए

सम्बन्धित खवर