सामान्य प्रशासनले स्थानीय तहलाई दियो चिसोबाट जोगाउन निर्देशन

सामान्य प्रशासनले स्थानीय तहलाई दियो चिसोबाट जोगाउन निर्देशन

गृह मन्त्रालयको आग्रहअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी गएको मंसिर ३ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनन कार्यकारी समितिको बैठकबाट भएको निर्णयअनुुसार काम गर्न निर्देशन दिएको छ ।
जसअनुसार गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई हिमपात, शीतलहर, चिसो सम्बन्धी कार्ययोजना र मनसुन सम्बन्धी कार्ययोजना कार्यान्वयन गर्ने गराउने बारेमा मंसिर २६ गतेको सचिवस्तरको बैठकको निर्णय अनुसार भन्दै पत्राचार गरेको थियो ।सोही अनुसार सामान्य प्रशासनले स्थानीय तहलाई आज पत्राचार गरेको हो ।
जसमा शितलहर पूर्वतयारी, हिमपातलगायतका विषय सम्बोधन गर्न तुरन्तै बैठक डाक्ने, जाडोको लागि चाहिने काठ दाउरा तत्काल उपलब्ध गराउने, नेपाली सेनाले आवश्यक पूर्वतयारी गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक तयारी गर्ने, स्वास्थ्य सम्बन्धी समश्यालाई रोकथाम गर्न जनचेतनामुलक कार्यक्रम स्वास्थ्यकर्मी र औषधी तथा द्रुतकार्य समूह परिचालन गर्ने, हुस्सु र कुहिरोबाट सवारी दुर्घटना हुन नदिन संकेत चिन्ह राख्नेलगायतका विषयहरु रहेका छन् । विद्यार्थीहरुलाई चिसोबाट जोगाउन आवश्यक जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिइएको छ ।

सम्बन्धित खवर