२३ करोडको लागतमा सूर्याेदयमा चिया परिक्षण केन्द्र निर्माण हुने, प्रदेश सरकारले गर्यो सम्झौता

२३ करोडको लागतमा सूर्याेदयमा चिया परिक्षण केन्द्र निर्माण हुने, प्रदेश सरकारले गर्यो सम्झौता

इलामको सूर्याेदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ प््रादेश सरकारको ७५ प्रतिशत लगानी र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो ।
केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्याेदय नगरपालिकाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन् । दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि कार्य प्रारम्भ गरिने मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताउनुभयो ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले चियाको राजधानी भनेर चिनिने सूर्याेदयमा बन्ने टि टेष्टिङ हाउसले चियाको प्रवद्र्धन र गुणस्तरीय उत्पादन साथै बजारिकरणमा सहयोग पुग्ने बताउनुभयो ।
देशकै सुविधासम्पन्न र नमूना केन्द्रको रुपमा स्थापना हुने भएकोले यहाँबाट देशकै चिया विकासमा ठुलो टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा पनि भूमिका खेल्ने मुख्यमन्त्री राईको विस्वास छ । मुख्यमन्त्री राईले प्रदेश सरकार कृषि क्षेत्रको विकासमा लागेको सन्देश प्रवाहित भएको समेत उल्लेख गर्नुभयो ।
सूर्याेदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरीसमेत घोषणा गरिसकेकोले यो केन्द्र निर्माणले थप सहयोग पुग्ने बताउँदै नेपालको कृषि उत्पादनबाट निर्यात बढाउन समेत मद्दत पुग्ने बताउनु भयो ।
कार्यक्रममा सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ७० प्रतिशत अर्थाेडक्स चिया उत्पादन गर्दै आएको केन्द्रको निर्माणसँगै चियाको बजारीकरण प्रवद्र्धनमा उल्लेख्य उपलब्धि हासिल हुने विस्वास व्यक्त गर्नुभयो ।
सूर्याेदय नगरपालिकामा वार्षीक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ । प्रदेश सरकारले सो केन्द्र निर्माणका लागि यस वर्ष ५ करोड रुपैयाँ खर्च गर्ने मन्त्रालयका सचिव विमलकुमार निर्मलले जानकारी दिनुभयो ।
केन्द्र स्थापना गर्न करिब २३ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । यसको विस्तृत परियोजना पछि सार्वजनिक गरिने सचिव निर्मलले बताउनुभयो ।

सम्बन्धित खवर