नेपाली सेनालाई अमेरिकी सरकारले दुई वटा स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज एक कार्यक्रमकाबीच नेपालका लागि अमेरिकी राजदूर्त याण्डी बेरीले बलाधिकृत रथी शरद गिरीलाई एम २८ कल साइनका २ वटा विमान हस्तान्तरण गर्नुभएको हो ।
छोटो समयमा उडान र अवतरण गर्न सक्ने क्षमता सहितका ती विमान नेपालको भूगोलका लागि उपयुुक्त मानिन्छन् ।
मानवीय सहायता र विपद् व्यवस्थापनमा यी विमानबाट महत्वपूर्ण योगदान पुुग्ने विश्वास नेपाली सेनाले लिएको छ । २ हजार ३ सय केजी भारवहन क्षमताका ती विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्न सक्छन् ।
तीन चालक दल सहित १८ जना यात्रु क्षमताका २ विमानको मूल्य करीब १ करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिईएको छ ।
