चुलाचुलीमा अध्यक्ष लिग भोली बिहीबारबाट सुरु

चुलाचुलीमा अध्यक्ष लिग भोली बिहीबारबाट सुरु

इलामको चुलाचुली गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” नारा सहित चुलाचुली अध्यक्ष कप लिग फुटबल प्रतियोगिता तथा वडास्तरिय महिला नकआउट फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुने भएको छ
पुष ३ गते देखि १५ गते सम्म सञ्चालन हुने प्रतियोगिता पञ्चकन्या आधारभूत विद्यालयको खेलमैदानमा हुने जनाइएको छ ।
अन्तर चलाचुली स्तरिय खेलमा ६ वटै वडाले सहभागिता जनाउने छन् । फिफाको खेल नियमको आधारमा खेलाउने लिग फुटबल प्रतियागितामा पुरुष तर्फ प्रथम पुरस्कार ५० हजार, दोस्रो ३० हजार र महिला तर्फ प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १० हजार साथै ट्रफ्री, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएका छन् ।
चुलाचुली गाउँपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको अवसरमा चुलाचुलीबाट खेलकुद क्षेत्रमा योगदान पु¥याउने ११ जना पूर्व खेलाडीहरुलाई सम्मान गरिने खेलकुद समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक राईले बताए ।
चुलाचुली खेलकुद समितिले गतबर्ष भने चुलाचुली प्रथम गोल्डकप आयोजना गरेको थियो ।

सम्बन्धित खवर