प्रहरीले हतियारसहित तीन जनालाई रौतहटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका–६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका–४ पोखरीयाका छोटेलाल साह रहेका छन् ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका–३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल बरामद गरेको छ ।
