सम्बन्धविच्छेद गर्न ८४ बर्षीया वृद्धा अदालत पुगेपछि….

सम्बन्धविच्छेद गर्न ८४ बर्षीया वृद्धा अदालत पुगेपछि….

मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ बर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुगेपछि त्यहाँका कर्मचारी नै छक्क परे ।
किनकी जिल्लामा सबैभन्दा बढी उमेरकी बृद्धाले निवेदन लिएर आएको यो पहिलो घट्ना हो ।
‘अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्,’ स्रेस्तेदार केशबराज कौशिक भन्छन्, ‘चारबीस पार गरिसकेकी बृद्धाले सम्बन्धविच्छेदको माग गरेको यो पहिलो घट्ना भयो ।
७० बर्षीय श्रीमान बुद्धबहादुर रुम्बासँग अशंसहित सम्बन्धविच्छेदको माग गर्दै उनी लौरोको सहारामा गत मंसिर २५ गते अदालत पुगेकी थिइन् । उनका पाँच छोरा र एक छोरी छन् ।
विवाह भइसकेका उनीहरु अलग छन् । श्रीमानले १९ बर्षअघि कान्छी भित्र्याए पनि टीकाकुमारी सहज रुपमा बसिरहेकी थिइन् । तर पछिल्लो समय श्रीमानले कुटपिट गर्ने गरेको उनको भनाइ छ ।

सम्बन्धित खवर