१३ औं सागमा पदक दिलाउने इलामका पाँच खेलाडी सम्मानित

१३ औं सागमा पदक दिलाउने इलामका पाँच खेलाडी सम्मानित

१३ औ सागमा पदक जित्ने इलामका पाँच खेलाडी सम्मानित भएका छन्। इलाम विकास समाजको आयोजनामा युवा समाजसेवी डम्बर खडकाले ५ जना खेलाडीलाई सम्मान गरेका हुन्।
सम्मानित हुनेहरुमा पुरुष फुटबल टिमका डिफेन्डर सन्दकपुर गाउँपालिका–५ जमुनाका छिरिङ गुरुङ, उसुमा स्वर्ण पदक विजेता देउमाई नगरपालिका– ३ की जुनी राई, महिला फुटबलमा रजत पदक बिजेता सुर्योदय नगरपालिका–१२ की एञ्जिला सुव्बा, बीच भलिबलमा कास्य पदक बिजेता माङसेवुङ–१ की विनिता बुढाथोकी र सन्दकपुर–३ सुलुवुङका बिजय बुर्जा रहेका छन्।
उनीहरुलाई नेकपाका उपनेता एवम सुवासचन्द्र नेम्वाङले सम्मानपत्र र नगदसहित सम्मान गरेका गरे। स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैया प्राप्त गरे। कार्यक्रममा पदक बिजेताहरुको तर्फबाट बोल्दै जुनी राईले यस्ता सम्मानले खेलाडीहरुको खेलकौशल सुर्धानुका साथै आत्मबलमा बढाउनमा समेत सहयोग पुग्ने बताइन्
कार्यक्रमका प्रमुख अतिथी सुवासचन्द्र नेम्वाङले इलाम कृषिमा मात्र नभएर खेलमा समेत अव्बल रहेको प्रमाणित भइसकेको बताए। ‘अभावमा बिचमा पनि राम्रो खेलेर मेडल दिलाइदिनुभएको छ यसमा हामीलाई गर्व महसुुस भएको छ ।
समाजसेवी खड्काले इलामबाट प्रतिनिधित्व गरेर पदक जित्ने खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए। चियालगायत कृषिमा चिनिएको इलामको पहिचान खेलमा पनि स्थापित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गीको भनाइ थियो ।

सम्बन्धित खवर