स्टार होटेलमा बिक्री हुने ‘फ्रोजन फिस’ बरामद

स्टार होटेलमा बिक्री हुने ‘फ्रोजन फिस’ बरामद

काठमाडौंलगायत नेपालका मुख्य सहरका स्टार होटेलहरुमा बिक्री हुने ‘फ्रोजन फिस’ झापाबाट तस्करीको माध्यमबाट नेपाल भित्रिने गरेको पाइएको छ।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको डेढ क्विन्टल ‘फ्रोजन फिस’ पूर्वी नाका काँकडभिट्टाबाट प्रहरीले बरामद गरेपछि घटना बाहिर आएको हो। तीन वटा कार्टुनमा प्याक गरेर करिब तीन लाख रुपैयाँ बराबरको फ्रोजन फिस इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बरामद गरेको हो।
मेचीनगर नगरपालिका—६ स्थित तुर्कैनी खेलमैदान परिसरबाट सोमबार राति साढे १० बजे माछा बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। बरामद गरिएको माछा एकरएक किलोको रोल बनाएर प्लास्टिकमा प्याक गरिएको छ ।
‘फ्रोजन फिस’ नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएको छ । फ्रोजन फिस भारत र बङ्गलादेशबाट आयात हुने प्रहरीले बताएको छ । थाहाखबर

सम्बन्धित खवर