पाँचथरमा भेटियो मानव कंकाल

पाँचथरमा भेटियो मानव कंकाल

पाँचथरको छुट्टाछुट्टै स्थानमा दुई वटा मानव कंकाल भेटिएको छ । फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडास्थित खोल्सीमा र फिदिम नपा–१४, लुङ्रुपामा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ । दुबै पूरुष मानव कंकाल भएको प्रहरीले जनाएको छ ।
फाल्गुनन्द–१, नवमीडाँडामा गत मंसीर २९ गते साँझ स्थानीयले काम गर्ने क्रममा मानव कंकाल देखि प्रहरीलाई खबर गरेका थिए । सडेको अवस्थामा रहेको कंकालको जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी पहिचान गरेको छ ।
उक्त कंकाल फिदिम–८, बस्ने ५२ बर्षिय गणेश भनिने हर्कबहादुर सुनुवारको रहेको पाँचथर प्रहरीले जनाएको छ । कंकाललाई जिल्ला अस्पताल ल्याइ आवस्यक कानूनी प्रक्रिया प्रश्चात आफन्तलाई बुझाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
फिदिम–१४, लुङ्रुपामा भेटिएको मानव कंकालको भने पहिचान हुन सकेको छैन । पूरुष मानव कंकाल रहे पनि कंकाल कसको हो भन्ने हालसम्म खुल्न नसकेको हो

सम्बन्धित खवर