कांग्रेस विवाद मिलाउने प्रयास जारी, चाक्सीबारीको बैठक सकियो

कांग्रेस विवाद मिलाउने प्रयास जारी, चाक्सीबारीको बैठक सकियो

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउने प्रयास जारी छ। गत बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि दिउँसो १ बजेको लागि डाकिएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बैठक बहिस्कार गरेपछि सभापति शेरबहादुर देउवा पक्षले भने फकाउने प्रयास गरिरहेको छ। आन्तरिक विवाद चर्केपछि देउवा पक्षबाट उपसभापति बिमलेन्द्र निधि र पौडेल पक्षबाट वरिष्ठ नेता प्रकाशमान सिंहले छलफलको नेतृत्वको जिम्मा पाएका छन्।
सभापति देउवा वरिष्ठ नेता पौडेललाई फकाउन उनकै निवास बोहोराटार पुगेका थिए। उपसभापति निधिलाई साथमा लिएर बोहोराटार पुगे पनि छलफलले निस्कर्ष निकालेन। पौडेलले कार्यसमितिको बैठकमा आगामी महाधिवेशनको कार्यतालिका पहिले ल्याउनुपर्ने माग राखेपछि विवाद चुलिँदै गएको हो।
देउवाले भने पहिले विभाग गठन गरी संगठानिक संचना पूरा गरेर मात्र निर्वाचन समितिलाई महाधिवेशनको तालिका ल्याउन निर्देशन दिने बताउँदै आएका थिए। यद्यपि आइतबार भएको बैठकमा विभिन्न एजेण्डाहरुसँगै आगामी पुस १५ भित्र महाधिवेशनको कार्यतालिका ल्याउन निर्वाचन समितिलाई निर्देशन दिइएका छन्।

सम्बन्धित खवर