दुईवटा ट्रक ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते

दुईवटा ट्रक ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते

राप्ती नगरपालिका–१ लोथरस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चनको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट गइरहेको ना ६ ख ७९६७ नम्बरको ट्रक सोमबार बिहान साढे ७ बढे ठोक्किँदा चारजना घाइते भएका थिए। घाइतेमध्ये ना ५ ख ८७४३ नम्बरको ट्रक चालक लोप्चनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा विहान ८ः२५ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।
ना ६ ख ७९६७ नम्बरको ट्रकका चालक झापाको कन्काइ नगरपालिका–१ का ४० वर्षीय अर्जुन जोगी, सोही ट्रकका सहचालक मोरङका २० वर्षीय प्रज्ज्वल देवान र ना ५ ख ८७४३ नम्बरको ट्रकका सहचालक मकवानपुरको बाग्मती गाँउपालिका–१ का २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त रहेको बताइएको छ।

सम्बन्धित खवर