विस्फोटमा संलग्नमाथि कारबाही माग गर्दै धनुषाका शैक्षिक संस्था बन्द

विस्फोटमा संलग्नमाथि कारबाही माग गर्दै धनुषाका शैक्षिक संस्था बन्द

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएका छन् ।
संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा धनुषाभरिका नीजि विद्यालय र क्याम्पस बन्द गर्न लागिएको हो ।
समितिका संयोजक चन्द्रनारायण मण्डलले विस्फोटको घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा क्याम्पसहरू १ दिन बन्द गर्ने निर्णय भएको बताए ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ मा शनिबार बिहान अज्ञात समूहले राखेको बम विस्फोट भएको थियो । विस्फोटमा राजेश्वर साह, जनकपुरधामस्थित सिद्वार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत उनका १५ बर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।
प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ कार्यकर्ता पक्राउ परे पनि घटना कसले घटायो भन्ने खुलिसकेको छैन ।

सम्बन्धित खवर