सिन्धुपाल्चोक दुर्घटना अपडेट ः १४ जनाको मृत्यु, २० घाइते

सिन्धुपाल्चोक दुर्घटना अपडेट ः १४ जनाको मृत्यु, २० घाइते

भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ। बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो।
दुर्घटनामा १४जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख माधव काफ्लेले जानकारी दिए। उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। उद्दार कार्य जारी रहेकोले अहिले यसै भन्न नसकिने उनको भनाइ छ। बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो।

सम्बन्धित खवर