सुकुम्बासी समस्याले पथरीमा लफडा, जनप्रतिनिधिले मुखै देखाएनन् (भिडियो सहित)

सुकुम्बासी समस्याले पथरीमा लफडा, जनप्रतिनिधिले मुखै देखाएनन् (भिडियो सहित)

भीमराज अधिकारी, पथरी

अर्कैको जग्गाको पूर्जा बोकेर जग्गा खोज्दै आएपछि पथरीमा फेरी लफडा भएको छ । मोरङको पथरी शनिश्चरे ३ का लाल बहादुर श्रेष्ठको घरजग्गा किनबेचका लागि भन्दै शनिबार विहानै चार जनाको समुह आएको श्रेष्ठले बताए । आफुले ४० वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा अर्कैले २०७३ सालमा जारी भएको पुर्जा बोकेर आएपछि स्थानीयले चारैजनालाई नियन्त्रणमा लिएका थिए ।

भारतीय नम्बर प्लेटको गाडी लिएर आएका उनिहरुलाई स्थानीयले कुटपिट समेत गरेका थिए । वडा नं. ७ किरातीचौकमा निर्माण गरिएको प्रहरी बिटमा उनिहरुलाई थुनेर प्रहरलिाई स्थानीयले खबर गरेका थिए । खबर पाउनासाथ पुगेको इलाका प्रहरी कार्यालय पथरीको टोलीले थुनेर राखिएका चारै जनाको उद्धार गर्न निकै कठिन भएको थियो । पटक पटक सास्ती दिँदै आएको भनेर काक्रोसित बनेका स्थानीयले उनिहरुलाई मेयरको उपस्थीतिमा लिखित कागज गरेर मात्रै छाड्ने बताएका थिए । मेयर दिलिप कुमार राई सम्पर्कमा नरहेको भन्दै नगर स्तरीय सुकुम्बासी समस्या समाधान पहल समितिका सचिव देवेन्द्र वनेमले इलाकामा नै भोली गएर मिल्न भनेपछि स्थानीय झन आत्रोसित बने । उनिहरुले मेयर अनिवार्य उपस्थीत हुनुपर्ने, लिखित सम्झौता हुनुपर्ने, पटक पटक सम्म इलाका धाउनुपर्ने भएकाले जो व्यक्ति पुर्जा लिएर आएका छन् उनिहरुले यातायात र खाजाको पैसा व्यहोर्नुपर्ने माग राखेका थिए । स्थानीयको मागलाई सम्बोधन नगरी प्रहरीले बिराटनगरबाट प्रहरी फोर्स बोलाएर सुरक्षाका साथ उनिहरुलाई इलाका प्रहरी कार्यालय पथरी पठायो तर स्थानीयले बिराटनगरको प्रहरी फोर्सलाई जान नदिने भनेर बाटो छेकेपछि झन तनाव सिर्जना भएको थियो ।

नगरले ग¥यो बेवास्ता

यत्रो समस्या हुँदापनि नगरबाट कोहीपनि जनप्रतिनिधि देखा नपरेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । पहल समितिले समेत स्थानीयको कुरा नसुनेको स्थानीय मौषम लिम्बूले बताए । अब आइतबार इलाकामा कसरी जाने भनेर सबैसंग सल्लाह गरेर अगाडी बढ्ने लिम्बूले बताए । सुकुम्बासीका विषयमा अग्रपंतिमा रहेर बारम्बार वकालत गर्दै आएका लिम्बूले प्रहरीले समेत पिडितको समस्या नसुनेर बेवास्ता गरेको बताए ।

को हुन पुर्जा बोकेर आउने ?

आज आएका मानिसहरुले आफुहरु बारा जिल्लाबाट आएको बताएका छन् । बिबेक जैसवाल, दिपक काफ्ले, माधव लामिछाने र राजेस जैसवाल नाम गरेका उनिहरुले काठमाडौंबाट जग्गाधनीले जग्गा हेरेर आउन भनेपछि आएको बताएका छन् । उनिहरुले पूनम थापा मगरको नाममा रहेको साविक मधुमल्ला हाल पथरीशनिश्चरे नपामा पर्ने नक्सा नं. ६ ङ को कित्ता नं. २०२ को १४ कठ्ठा १० धुर, सरस्वती राई थापा मगरको नाममा रहेको सोही नक्सा नं. को कित्ता नं. २०४ को १४ कठ्ठा १० धुर जग्गाको जग्गा धनिपुर्जा र जग्गाधनिको नागरिक्ता प्रमाण पत्र समेत बोकेको फेला पारिएको मोषम लिम्बूले जानकारी दिए । पूनमको हलको ठेगाना काठमाण्डौं ४ रहेको र सरस्वतीको काठमाडौं २३ रहेको पाइएको छ । दुवैपुर्जाहरु २०७३ साल बैशाख २३ गते मालपोत कार्यालय बेलबारीले जारी गरेको छ ।

वडाले सूचना नै जारी गर्दै

पथरी शनिश्चरेका सबैजसो वडाहरुमा सुकुम्बासी, अव्यवस्थित र दोहोरो स्वामित्व रहेको जग्गा छ । हप्तै पिच्छे लफडा हुन थालेपछि वडा कार्याहरुले सूचना नै जारी गरेर जग्गा सम्बन्धी कारोबार गर्दा अनिवार्य वडा कार्यालयमा सम्पर्क राखेर मात्रै गर्न भनेको छ । केही दिन अघि वडा नं. ८ मा पनि यस्तै समस्या भएपछि हाल वडाको अनुमति बिना कुनैपनि जग्गामा बाहिरका मानिसलाई नपस्न भनेको छ । वडाले समन्व नगरे सम्म जग्गाको कारोबार नगर्नका लागि सबै जनप्रतिनिधिहरुले सुझाइ रहेका छन् ।

सम्बन्धित खवर