पत्रकार काफ्लेमाथी प्रहरीको दुव्र्यबहार

पत्रकार काफ्लेमाथी प्रहरीको दुव्र्यबहार

पथरी, समाचार संकलनका क्रमका एभिन्यूजका पथरी संवादाता गोपाल काफ्लेमाथी प्रहरीले दुव्र्यबहार गरेको छ । शनिवार सुकुम्बासी समस्याका विषयमा रिपोटिङ गर्न पुगेका काफ्लेलाई प्रहरीले भिडियो खिच्दै गरेको मोबाइल खोसेर पेस्तोल नै देखाएको काफ्लेले बताए ।

‘काफ्नो आइडी कार्ड झुण्ड्याएर भिडियो खिच्दै गर्दा हातमा समाएर ताने, मेरो मोबाइल पनि खोसेर पेस्तोल निकालेर तँलाइ ठोक्दिउँ भिडियो खिच्छस् भन्दै प्रहरीले दुव्र्यबहार ग¥यो । मेरो मोबाइलमा सामान्य क्षति समेत भएको छ । म पत्रकार हो भन्दा पनि प्रहरीले सुनेन ।’ पत्रकार काफ्लेले भने ।

यिनै हुन काफ्लेलाई दुव्र्यबहार गर्ने प्रहरी
यिनै हुन काफ्लेलाई दुव्र्यबहार गर्ने प्रहरी

दुव्र्यबहार गर्ने प्रहरीको फोटो भने काफ्लेले खिच्न भ्याएका छन् । आफुँलाई दुव्र्यबहार भएको भनेर तत्काल डिएसपी दिलिप कुमार गिरीलाई जानकारी गराएपछि इलाकामा आएर निवेदन दिए आफुले विभागीए कार्वाही गर्ने बताएको काफ्लेले जानकारी दिएका छन् । गिरी हिजो मात्रै इप्रका पथरीमा आएका हुन् ।

सम्बन्धित खवर