पश्चिमी वायुका कारण भएको बदली अझै दुईदिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबारसम्म नै मौसम नखुल्ने तथा पश्चिम पहाडी र हिमाली क्षेत्रमा यसको बढी प्रभाव पर्ने महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिईन्।
मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
कँडेलका अनुसार विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउनुपर्ने देखिएको छ।
आज (शुक्रबार) दिउँसो मुुलुकभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
शनिबारदेखि मुलुकभरि मौसममा सुधार आउने महाशाखाले जानकारी दिएको छ।
