निर्वाचन आयोगले आगामी माघ ९ गते हुने,राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने,राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । सरकारले राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको म्याद आजदेखि पुस ६ गतेसम्म तोकेको छ ।
यसअघि निर्वा्चित भएका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २१ मा सकिदै छ।
कार्यकाल सकिने सदस्यहरूमा नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली रहेका छन्।
यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ । कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडा रहनुभएको छ भने राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव र समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ ।

सम्बन्धित खवर