सागका पदक विजेतालाई आज त्रिपुरेश्वरदेखि सल्लाघारीसम्म घुमाइँदै

सागका पदक विजेतालाई आज त्रिपुरेश्वरदेखि सल्लाघारीसम्म घुमाइँदै

नेपाल निलो टिमले शुक्रबार दशरथ रंगशालामा जापान फुटबल लिग (जेएफएल) यु–२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।
एन्फाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल निलो टिमले जेएफएल लिगको यु–२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । नेपाली निलो टिममा साग स्वर्ण पदक जितेका खेलाडी, सिनियर राष्ट्रिय टिमका सदस्यहरु लगायत यू(१९ समेत खेलाडी सहभागी हुनेछन् ।
जापानी टिम र नेपाल निलोबीच खेलका लागि एन्फाले भिआइपीतर्फ १ हजार र सामान्य प्यारापिटतर्फ ५ सयको टिकट मूल्य राखेको छ । यस्तै जापानी टोलीले आइतबार ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।
यस खेलका लागि पाहुना टोलीको सम्पूर्ण खर्च जापान फुटबल संघले बेहोरेको छ । यहि टोलीले आइतबार लिग च्याम्पियन मनाङ मर्स्याङ्दीसँग पनि मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर