सप्तकोशीमा बाह्रै महिना जेट बोट चलाउने तयारी

सप्तकोशीमा बाह्रै महिना जेट बोट चलाउने तयारी

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानीजहाज कार्यालयमा सप्तकोशी नदि तथा यसका सहायक नदिहरु अरुण र दुधकोशीमा नियमित जलमार्ग संचालनका लागि आवस्यक पुर्वाधार निर्माण गर्ने बिषयमा सरोकारवालाहरु बिच निर्णय भएको छ ।
मंसिर २४ गते मंगलबार पानीजहाज कार्यालय काठमाडौमा कार्यालय प्रमुख कायम मुकायम रजिस्ट्रार विपिन राजभण्डारीसंग उदयपुरका प्रदेश सभा सदस्य विमल कार्की, बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, पानी जहाज संचालकहरु नवीन पौडेल, अमर थापा सहित औपचारिक छलफलका लागि पुगेको टोलिमा अन्य इन्जिनियर तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
छलफलका क्रममा तत्काल काम शुरु गर्ने गरि महत्वपुर्ण निर्णयहरु गरिएको कुरा सहभागी टोलिका सदस्य हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
उनका अनुसार चतराघाट–तुम्लिङटार र दोलालघाटसम्म नै सहज जलमार्ग बनाउने कुराको टुंगो गरिएको छ । त्यसका लागि तत्काल जहाँजहाँ समस्या देखिएका छन त्यो ठाउँको सर्भे गरि ढुंगा फुटाउने, पानी एकीकृत गर्ने गरि यथासिघ्र काम शुरु गरिनेछ ।
पहिलो चरणमा बराहक्षेत्र, त्रिवेणी, माइबेनी, हलेदे, पखालेखोला, मचुवापुलसम्म र दुधकोसी नदि तर्फ चुवार, भसुवा, रानीटारसम्मको मार्गमा काम गरिनेछ ।
प्राविधिकलाई तत्कालै सम्बन्धित ठाउँमा पुगेर तुरुन्तै डिजाईन स्टिमेट तयार गरि नदिहरुमा पानीको सतह बढ्नु अगाडि नै उल्लेखित कामहरु सम्पन्न गरिने सहमती भएको छ । लगभग तीन करोड रुपैँया लाग्ने अनुमान गरिएको उल्लेखित काम आगामी माघ दोस्रो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

सम्बन्धित खवर