समाजको उत्कृष्ट युवा बनाउने अभियानमा छु ः अशोक शंकर

समाजको उत्कृष्ट युवा बनाउने अभियानमा छु ः अशोक शंकर

भीमराज अधिकारी, पथरी
देश र समाजका लागि उत्कृष्ट युवा बनाउने अभियानमा आफु लागि परेको राष्ट्रिय अध्यक्षका प्रत्यासी अशोक शंकरले बताएका छन् । बुधबार भेटघाट कार्यक्रमको आयोजना गर्दै शंकरले आफुले विश्व शान्तिका लागि आवश्यक युवा बनाउने उद्देश्य लिएको समेत बताए ।

जेसिज वर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा आफ्नो उम्मेद्वारी दिएका शंकरले समाजले, राष्ट्रले खोजेको उत्कृष्ट युवा बनाउने बताए । जेसिजको अन्तराष्ट्रिय उद्देश्य विश्व शान्ति रहेको हुँदा आफु सोही मार्गमा लागेको बताए । अबको नेतृत्व सक्षम, इमान्दार र सशक्त युवाको हातमा भएमा मात्रै हरेक क्षेत्रमा सकारात्मक परिवर्तन हुने भएकाले सबैले आफुलाई सहयोग गर्नुपर्ने समेत शंकरले बताए । अहिले शंकरलाई जिताउनका लागि पूर्व देखि पश्चिम सम्म सबै जेसिजहरु लागि परेका छन् ।

सम्बन्धित खवर