सागमा स्वर्ण पदक विजेता खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौ, सरकारले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।

जस अनुसार रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा गरे । कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए ।
रातोपाटीबाट

सम्बन्धित खवर