पूर्वी पहाडको ईलाममा पहिलो पटक भित्रियो फुटसल

पूर्वी पहाडको ईलाममा पहिलो पटक भित्रियो फुटसल

पूर्वी पहाडको ईलाममा पहिलो पटकद फुटसल खेल सुरु भएको छ । रोशन राई र सुरेन्द्र राईले करिब ९५ लाख रुपैयाँको लागतमा इलाम नगरपालिका–७ मा फुटसल सुरु भएको हो । फुटसलको कोर्ट उदघाटनका अवसरमा चार टिम सम्मिलित मैत्रीपूर्ण खेल समेत गरिएको छ ।
जस अन्र्तगत पहिलो खेल इलामका पत्रकार र राजनितिक दलका प्रतिनिधिहरुबीच भएको थियो। जसमा राजनीतिक दल ७–३ गोल अन्तरले विजयी भए। टीका खतिवडाको आत्मघाती गोलबाट राजनीतिक दलले अग्रता बनाएको थियो। १–० ले पछि परेको पत्रकार टिमका लागी नमीन ढकालले बराबरीमा ल्याए।
त्यसपछि राजनीतिक दलले ६ गोल थप्यो। पत्रकार टिमका लागी टीका खतिवडा र ख्याम भुजेलले गोल १÷१ गरे। दोस्रो खेलमा जनप्रतिनिधिले साहित्यकारको टिमलाई ८–७ ले पराजित र्गयो। फाइनल खेल आगामी शनिवार जनप्रतिनिधि र राजनीतिक दलबीच हुनेछ ।
उद्घाटन कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जिल्लामा नै पहिलो फुटसलमा लगानी भएकाले यसको दीर्घकालिन भविष्य खोज्न जुट्ने बेला आएको बताए ।
लगानीकर्ता रोशन राईले चुनौतीका साथ लगानी गरिएको भए पनि सबैको सहयोग आवश्यक रहेको बताए । उनले पूर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु गरिएकाले यसप्रति आर्कषण बढ्दै गएको बताए। प्रदेश १ मा अहिले १६ वटा फुटसल कोर्ट सञ्चालनमा छन्।

सम्बन्धित खवर