महाधिवेशनलाई लक्षित गर्दै, विभागिय गठनमा देउवाको जोड

महाधिवेशनलाई लक्षित गर्दै, विभागिय गठनमा देउवाको जोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफुलाई नै बल पुग्ने गरी विभिन्न विभागहरु गठनको तयारी थालेका छन् । मंसिर २६ का लागि बबोलाईएको केन्द्रीय समितिको बैठकअघि नै देउवाले विभागहरु गठन गर्न तयारी गरेका छन् ।
केन्द्रीय समितिको बैठकअघि अन्तर्रा्ष्ट्रिय विभाग, सूचना‚ सञ्चार तथा प्रचार विभाग, संगठन विभाग, युवा तथा खेलकुदसहित केही महत्वपूर्ण विभाग गठनमा देउवाले आफु निकटका नेताहरुलाई खटाएको कांग्रेसका एक नेताले बताएका छन
भने अर्को तिर वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह भने सभापति देउवाले छलफलबिना एकलौटी ढंगले विभाग गठन गर्न सजिलो नहुने बताउँछन्। देउवाले महत्त्वपूर्ण विभागमा गनिएको विदेश विभाग भने रामचन्द्र पौडेल पक्षलाई दिने तयारी गरेको देउवा निकटका नेताहरु बताउँछन्।
कांग्रेसको चार वर्षे कार्यकाल रहेको वर्तमान कार्यसमितिको पदावधि नै सकिन लागेको छ। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले विभाग गठन गर्दा देउवाले गुट(उपगुट हेर्न लागेको आरोप लगाएका छन्।
पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न भएको बढीमा दुई महिनाभित्र सबै विभागहरु गठन गरिसक्नुपर्ने उल्लेख भएको विधानलाई टेकेर १३औँ महाधिवेशन सम्पन्न गरे पनि पछि उक्त विधान संशोधन गरिएको छ ।
२०७५ फागुन १२ मा संशोधन भएको विधानमा महत्त्वपूर्ण विभागहरु कति समयभित्र गठन गरिसक्नुपर्ने भन्ने केही उल्लेख छैन। सभापति देउवाले विभाग गठनको विषयमा उपसभापति बिमलेन्द्र निधिलाई पौडेल समूहका नेताहरुसँग वार्ता गर्न जिम्मा दिएका थिए।
निधिले महत्त्वपूर्ण विभाग देउवा समूहले नै लिने दोर्होयाएपछि पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ। पौडेल पक्षले आफ्नो भागमा आधा विभागहरू पर्नुपर्ने माग गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ।
त्यसो त विभाग गठन गर्दा कस्तो ब्यक्तिलाई भूमिका दिने भन्नेबारे कांग्रेसको विधानमा स्पष्ट उल्लेख छ। विभाग गठन गर्दा मनोनयनमा पार्टी सदस्यहरूको रुचि, विज्ञता, अनुभव र पार्टीमा र्पुयाएको योगदानलाई आधार बनाइने विधानमा उल्लेख छ।
विधानलाई पूर्ण रुपमा सभापति देउवाले पालना नगर्दा समस्या भएको कांग्रेसका नेताहरुको आरोप छ।

सम्बन्धित खवर