राष्ट्रपतिद्धारा पुस ४ गते संसदको हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्धारा पुस ४ गते संसदको हिउँदे अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते संघीय संसदका दुवै सदनको बैठक बोलाएकी छन्। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले पुस ४ गते संसद बैठक आह्वान गरेकी हुन् ।
संसदको हिँउदे अधिवेशनको पहिलो दिनको बैठकमै रिक्त रहेको सभामुख चयन गर्ने तयारी गरिएको छ । सभामुख चयनदेखि विभिन्न बिधेयक अलपत्र रहेको अवस्थामा राष्ट्रपतिले संसद बैठक आह्वान गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा समस्याका बावजुद सोमबार मन्त्रिपरिषद् बोलाएका थिए । पार्टी सचिवालय बैठकमा अनुपस्थित उनी बालुवाटारमै भएको मन्त्रिपरिषद्मा उपस्थित भएर संसद बैठक बोलाउन सिफारिस गरेका थिए । पुसदेखि फागुनसम्म हिउँदे संसद अधिवेशन बोलाउने गरिन्छ ।
सभामुख चयनका लागि सत्तारुढ नेकपाभित्र कुरा मिलिसकेको छैन । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सुवास नेम्वाङलाई नै सभामुखको जिम्मेवारी दिने सहमति जुटाएको स्रोतको दाबी छ । नेम्बाङ यसअघि चार पटकसम्म सभामुख भइसकेका छन्।
सभामुखका लागि नेकपाबाट उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, नेताहरु देव गुरुङ, अग्नि सापकोटासहितका नेताहरु दाबेदार मानिएका छन्। पुस ४ बस्ने संसदको हिउँदे अधिवेशनको पहिलो बैठकबाटै सभामुख चयन प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित खवर