राजेन्द्र महतो, लहान
मजदुरलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मजदुर तथा स्थानीय लगायतले सिरहाको गोलबजार न.पा. ९ स्थित मारुती सिमेन्ट्स लि. मा विरोध प्रदर्शन गरेका छन् । मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोहर्वा सडक खण्ड अवरुद्ध गरि आन्दोलन गरिरहेका छन् ।
बिगत १८ वर्ष देखी कार्यरत ४८ वर्षीय अनिता पासवानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरेपछि विरोध सुरु भएको छ । व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुरकी पासवानलाई मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको सिमेन्ट लि. मा काम गर्ने मजदुरहरुले बताएका छन् ।