७१ औं विश्व मानवअधिकार दिवसको अवसरमा, लेटाङमा विभिन्न कार्यक्रम सम्पन्न

७१ औं विश्व मानवअधिकार दिवसको अवसरमा, लेटाङमा विभिन्न कार्यक्रम सम्पन्न


राजकुमारी तामाङ, पथरी

७१ औं विश्व मावअधिकार दिवसको अवसरमा देश भरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन अर्थात सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस हरेक वर्ष मनाउने गरिन्छ तर नेपालमा भने वि.सं.२०७४ देखि मात्र यसको थालनी भएको हो ।

यसै अवसरमा मोरङको सुन्दर नगरि लेटाङ नगरपालिका विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । कार्यक्रममा लेटाङ नगरपालिकाका पदाधिकारी,विभिन्न सरकारी तथा गैर सरकारी संस्था,उधोग वाणिज्य संघ लेटाङ,विभिन्न जातिय संगठन, सरकारी तथा निजी विध्यालयका विध्यार्थी सहित शिक्षक तथा मानव अधिकारवादी विभिन्न संगठनहरुले शान्ति ¥याली सहित नगरपरिक्रमा गरेको छ ।

साथै सो अवसरमा विध्यार्थीहरुले महिला हिंसा अन्त्य गर, बाल विाह हामीलाई चाहिदैन,बलत्कारीलाई फासी दे लगायतका नारा झल्कने प्ले कार्ड बोकेका थिए । नगरपरिक्रमा पश्चात् सो समुह सभामा परिणत भएको थियो । सो सभाका सभापतीत्व नगर उप प्रमुख कृष्ण कुमारी निरौलाले गरेकी थिईन् । सो कार्यक्रममा विभिन्न संस्थाका प्रतिनीधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

साथै सोही अवसरमा हस्ताक्षर संकलन तथा जनचेतनामुलक नाटक पनि प्रस्तुत गरिएको थियो । सि.डि.एफ नेपाल,हर्डन,ओरेक र लेटाङ नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर