लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रममा मन्त्री कार्की आउने

लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रममा मन्त्री कार्की आउने

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले सञ्चालन गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबारसमापन कार्यक्रम हुने भएको छ ।

प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा चेतनामुलक कार्यक्रमका साथ पथरी बहुमुखी क्याम्पसमा लैङ्गिक हिंसा विरुद्धको तेस्रो तथा अन्तिम कार्यक्रम हुने भएको हो ।

लिङ्गका आधारमा हुने हिंसालाई हटाउने सन्देश प्रवाह गर्न विद्यालयस्तरीय कविता प्रतियोगिता, सन्देशमुलक कचहरी नाटक सहितका प्रस्तुतिहरुका साथ कार्यक्रम सम्पन्न गरिने नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाउनु भयो । यसका साथै विद्यालयका विद्यार्थीबीच म्यूजिकल चियर्स र हण्डिफोर प्रतियोगिता तथा नृत्यका प्रस्तुतिहरु समेत रहने पथरीतर्फको कार्यक्रम संयोजक मैनादेवी फुयँल आचार्यले जनाउनु भयो । पथरीमा हुने कार्यक्रममा मुख्य रुपमा वडा नम्वर १, २, ३, ७ र १० का विद्यालय, संघ संस्थाहरु सहभागि हुनेछन् ।
शरणार्थी सम्वन्धि राष्ट्रसंघीय उच्चयोग (यूएनएचसीआर) र लुथरन विश्व फेडेरेशन (एलडब्लुएफ) को समेत सहकार्य र भूटानी शरणार्थीहरुको सहभागितामा कार्यक्रम समापन हुने भएको छ । यस अघि हसन्दह र शनिश्चरेमा यसै प्रकारका कार्यक्रम सम्पन्न भएका छन् ।

सम्बन्धित खवर