चासोक तङ्नाम सुरु, सिरिजङ्गा स्मृति रनिङ कप भलिबलमा एभरेष्ट र बहुमुखीको विजयी सुरुवात

चासोक तङ्नाम सुरु, सिरिजङ्गा स्मृति रनिङ कप भलिबलमा एभरेष्ट र बहुमुखीको विजयी सुरुवात

पथरी, चासोक तङ्नामको अवसरमा आयोजित भलिवल खेलमा एभरेष्ट आवासीय मावि र पथरी बहुमुखीले विजयी सुरुवात गरेका छन् । मोरङको पथरीशनिश्चरे १० मा रहेको श्रीजङ्गा घार्मिक वनको क्षेत्रमा आजबाट श्रीजङ्गा स्मृति रनिङ कप भलिबल खेल सुरुभएको हो ।

पहिलो खेलमा एभरेष्ट आवासीय माध्यमिक विद्यालय पथरी र कालीकोशी कानेपोखरी बिच खेल भएको थियो । उद्घाटन खेलमा एभरेष्टले कालीकोशीलाई पाखा लगाएको थियो । एभरेष्टले १२–२५, १४–२५ ले जितेको हो । पुरुषतर्फ सिरिजंगा, एभरेष्ट, कालीकोशी, रानी, क्यापा, काङ्भा, कुशल युबा, बहुमुखी र आर्मी गरी ९ टिमले सभागिता जनाउने आयोजकले जनाएको छ ।

पुरुष भलिबलको विजेताले ५५ हजार र उपविजेताले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । आजैदेखि महिलातर्फ पनि भलिबल प्रतियोगिता सुरु भएको छ । महिला तर्फको खेलमा बहुमुखीले सिरिजंगालाई १५–२५, १५–२५ ले पराजित गर्यो । महिलातर्फ ६ टिमले सहभागिता जनाउनेछन् । दीप ज्योति, रेडस्टार, भोजपुर, सिरिजंगा, बहुमुखी र एभरेष्ट भलिबल टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

महिला भलिबलको प्रथम पुरस्कार ३५ हजारको प्रायोजन पर्शुराम कार्की र दोस्रो पुरस्कार २५ हजारको प्रायोजन कोपिला सिरेङ चोङबाङले गरेका छन् ।

आजको खेलको उद्घाटन नगर प्रमुख दिलिप कुमार राईले गरेका छन् । तीन दिनसम्म मनाइने चासोक तङ्नाम फुङ्सोक उत्सब उधौली पुजाको अन्तिम दिन मंसिर २६ गते हुने कार्यक्रमको सम्बोधन गर्न प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो आउने कार्यक्रम तय गरिएको छ । मंसिर २५ गते ऐतिहासिक खेल पक्लुङ लेप्मा, हप्रिङ लक्मा, लिःतोङ आप्मा हुने भएको छ । मंसिर २६ गते विहानदेखि उद्योली पूजा हुने र दिउसो ११ वजेदेखि सम्मान कार्यक्रम, पुरस्कार वितरण, केःलाङ, माङ्लाङ, येवालाङ याःलाक्मा, काक्पारे ख्यालीसहित साँस्कृतिक कार्यक्रम हुने बताइएको छ । सोहि दिन चर्चित संगीतकार तथा गायक तारा प्रकाश लिम्बुको विशेष साँगीतिक कार्यक्रम पनि हुँदैछ ।

सम्बन्धित खवर