सरकार अनिर्णयको बन्दी बन्यो ः डा. सशांक कोइराला

सरकार अनिर्णयको बन्दी बन्यो ः डा. सशांक कोइराला

पथरी, कम्युनिष्ट सरकारले कुनै ठोस निर्णय गर्नुको सट्टा अनिर्णयको बन्दी बनेको कांग्रेस नेता सशांक कोइरालाले बताएका छन् । नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका विषयक खुल्ला सभाको सम्बोधन गर्न मोरङको पथरी आएका कोइरालाले सरकारले आस्वासन मात्रै बाँढेर जनतालाई ढाँटिरहेको आरोप लगाए ।

जि.पी. कोइराला फाउण्डेसनको आयोजनामा गरिएको सभामा कांग्रेस महामन्त्री कोइरालाले सरकारले देखाउनका लागि मात्रै राष्ट्रियताको कुरा गरिरहेको बताए । कांग्रेसको पालामा जारी भएको संविधान कार्यान्वयनमा सरकारको प्रतिपक्ष भएको भएता पनि कांग्रेसले रचनात्मक भूमिका निर्वाह गरिरहेको कोइरालाको भनाइ थियो । सारा जग्गा जमिन बाँझो राखेर रेल र जहाजको कुरा गर्ने कम्युनिष्ट सरकारले जनताको हितमा कुनैपनि काम गर्न नसक्ने कोइरालाले बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य गुरुराज घिमिरे, कांग्रेस नेता डा. सुनिल शर्मा लगाएतले सभामा सम्बोधन गरेका थिए । बामपन्थीको गण मानिएको यस क्षेत्रमा अझैपनि दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या लगएतका समस्या जस्ताको त्यस्तै रहेको पनि बक्ताहरुले बताए । निर्वाचनका बेला आस्वासनको भाँडो देखाउने तर काम नगर्ने कम्युनिष्टहरु प्रति सजग हुनुपर्ने नेताहरुले बताए ।

जिपि कोइराला अध्ययन केन्द्रका अध्यक्ष सुविन पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा र अन्य पार्टी परित्याग गरि २ दर्जन भन्दा बढी कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

सम्बन्धित खवर