सामुदायिक सिकाई केन्द्रको १२ औँ स्थापना दिवश

सामुदायिक सिकाई केन्द्रको १२ औँ स्थापना दिवश

पथरी, मोरङ्गको पथरी शनिश्चरेमा रहेको सामुदायिक सिकाई केन्द्रले १२ औँ स्थापना दिवश मनाएको छ । विभिन्न कृषिजन्य तालिम, प्रौढ शिक्षा लगायतको क्षेत्रमा उत्कृष्ट रुपमा काम गर्दै स्थानीयलाई सफल उद्यमी बन्न अभिप्रेरित गर्दै आएको सिकाई केन्द्रले दुई दिने कार्यक्रम गर्दै भब्यताका स्थापना दिवश मनाएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्नु भएको स्थापन दिवशको दोश्रो दिन आइतबार नगर प्रमुखको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरि समापन गरिएको छ।

कार्यक्रममा सामुदायिक केन्द्रको विस्तृत जानकारीका साथै विभिन्न खेलकुदका कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा नगर प्रमुख राईले सामुदायिक केन्द्रको गतिविधीको प्रशंसा गर्दै सामुदायिक केन्द्रलाई भावी दिनमा नगरबाट उपलब्ध हुने सबैखाले सुविधामा प्राथमिकता दिने बताउनु भयो। नगर प्रमुख राईले सामुदायिक केन्द्रको भवनको वाकी रहेको छत निर्माणको कार्य नगरले सम्पन्न गरिदिने प्रतिबद्धता समेत गर्नु भयो।

कार्यक्रममा पथरी शनिश्चरे ३ का वडा अध्यक्ष डम्बर चेम्जोङ, ७ का वडा अध्यक्ष कपिलमणि ढकाल, संविधान सभा सदस्य चण्डि प्रसाद राई, स्वास्थ्य संयोजक मुरारी आचार्य ,प्रवासी संघ हङकङकी वसन्त कुमारी राई लगायतले शुभकामना मन्तव्य राख्दै सामुदायिक भवनको हालसम्मको गतिविधिको प्रशंसा गर्नु भयो।
कार्यक्रममा बोल्दै सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष कृष्ण कुमारी विश्वकर्माले सिकाई केन्द्रलाई सामुदायिक भवनको आवश्यकता महसुस भएको जानकारी गराउदैँ स्थानीय सरकार र अन्य शुभ चिन्तकमा सहयोगको लागि अनुरोध समेत गर्नु भयो।

सिकाई केन्द्रको वार्षिक उत्सवको अवसरमा अन्तर विद्यालय बाल क्लब स्तरीय हाजिरी जवाफ प्रतियोगिता, कराते प्रतियोगिता , ज्येष्ठ नागरिक सम्मान, एसईईमा उत्कृष्ट विद्यालय सम्मान, व्यवसायिक कृषि तालिम पश्चात् सफल उद्यमी बनेकालाई सम्मानका साथै संविधान सभा सदस्यहरु लाल बहादुर मगर र चण्डि प्रसाद राईलाई सम्मान गरेको छ। ।

पथरी शनिश्चरे ३ र ७ मा सक्रिय रहेको सिकाई केन्द्रले व्यवसायिक सुङ्गुर पालन, कुखुरा पालन, सिलाई कटाई तालिम , प्रौढ शिक्षा लगायतका गतिविधि गर्दै आएको छ।

सम्बन्धित खवर