सूचना आयोगको प्रमुख आयुक्तमा गुरुङ सिफारिस

सूचना आयोगको प्रमुख आयुक्तमा गुरुङ सिफारिस

 

सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तको सिफारिस भएको छ।  उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको सिफारिस समिति बैठकले पदाधिकारी सिफारिस गरेको हो। समितिले प्रमुख आयुक्तमा पूर्वसचिव महेन्द्रमान गुरुङको नाम सिफारिस गरेको छ।

उनी गत कात्तिक २० गतेमात्र  सञ्चार तथा सूचना प्रविधी मन्त्रालयको सचिवबाट अवकास प्राप्त हुन्।  समितिले आयुक्तमा अधिवक्ता समेत रहेकी कमला वली थापालाई सिफारिस गरेको छ।

यस्तै, अर्का सदस्यमा रत्नप्रसाद मैनाली (दीपक) लाई सिफारिस गरेको छ। मैनाली पत्रकार हुन्। सिफारिस समिति अध्यक्ष तुम्बाहाङ्फेले पदाधिकारी सिफारिस गरिएको बताइन्। उनले सिफारिस अनुसार नियुक्तिको प्रक्रिया भने बाँकी रहेको जानकारी दिइन्।

सिफारिस अनुसार आयोगका पदाधिकारी मन्त्रिपरिषदले नियुक्त गर्नेछ। अहिलेका पदाधिकारीको कार्यकाल पुस तेस्रो साता सकिँदैछ।

सम्बन्धित खवर