लोकसेवाको तयारी कक्षा पथरीमा शुरु

लोकसेवाको तयारी कक्षा पथरीमा शुरु

पथरी, संघीय र प्रदेश राजधानीमा मात्रै सिमित रहेको लोक सेवा तयारी कक्षा मोरङ्गको पथरी शनिश्चरेमा शुरु भएको छ। ग्रामिण भेगमा बसेर लोकसेवाको तयारी गर्नका लागि मुस्किल भइरहेका बेला मोरङको पथरीशनिश्चरे १ पथरी बजारमा नै अब लोकसेवा सम्बन्धीको कक्षा शुरु भएको हो।

जी.एस. टेक्निकल इन्स्टिच्युट प्रा.लि.ले शनिवार रत्नचौकमा अन्तरक्रिया कार्यक्रम गरेर कक्षाको थालनि गरेको छ । २३ गते (सोमबार) बाट नियमित कक्षा संचालन हुने प्रोप्राइटर सुमन श्रेष्ठले जानकारी दिएका छन् । बिराटनगर, धरान लगाएतका स्थानमा मात्रै लोकसेवा सम्बन्धी कक्षाहरु हुने भएकाले धेरैलाई असहज भइरहेको र अब आफ्नै घरमै बसेर पूर्वी मोरङमा पनि सबैले लोकसेवा तयारी गर्न सहज बनाइने श्रेष्ठले बताए।

पहिलोचरणमा खरिदार र नायव सुब्बाको कक्षा गराइने तयारी गरिएको र आगामी दिनमा अन्य कक्षाहरु पनि थपिने श्रेष्ठले जानकारी दिए । बिहान र बेलुका गरेर समयको व्यवस्थापन गरी सहभागीहरुलाई शान्त वातावरणमा दक्ष प्रशिक्षकहरुबाट विहान र बेलुकाको समयमा कक्षा सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर