सिएम कन्दङवा महान योद्धा र सच्चा कम्युनिष्ट हुन्

सिएम कन्दङवा महान योद्धा र सच्चा कम्युनिष्ट हुन्

पथरी, साहित्यकार तथा शिक्षक स्वर्गिय चन्द्रमान (सिएम) कन्दङवाको स्मृतिमा लेखिएको पुस्तक प्रकाशन गरिएको छ ।
गत शुक्रबार धरानमा सिएम परिवारद्वारा आयोजित एक औपचारिक कार्यक्रमका विच प्रमुख अतिथी तथा प्राज्ञ कुलपती समालोचक गङ्गा उप्रेती, साहित्यकार तथा प्रा.डा. गोविन्द राज भटराई, विष्णु शिवाकोटी लगायतले सामुहिक रुपमा उत्त पुस्तकको बिमोचन गरेका थिए ।

सो कार्यकक्रममा अधिकांस बक्ताहरुले सिएम महान योद्धा र सच्चा कम्युनिष्ट नेता भएको प्रस्ट्याए । आफ्नो जीवनकालमा दार्जिलिङबाट नेपालका पूर्वी भागमा बामपन्थी बिचारधाराको प्रचार प्रसारमा सिएमको मुख्य भूमिका रहेको समेत बक्ताहरुले बताए । सिएम कन्दङवाको जिवनी समेटिएको पुस्तकमा उनका जीवनमा घटेका घटना, उनले समाजको मूल परिवर्तनको लागि पुर्याएको योगदानलाई दर्शाइएको छ ।

कन्दङवा सधै समतामूलक समाज निर्माणको लागि आफ्ना क्रान्तिकारी बिचारद्वारा लडिरहे । उनी पेशाले शिक्षक र मार्क्सवादी विचारधाराका एक सच्चा कम्युनिस्ट समेत रहेका थिए । उनले राजनितिक पक्षमा ‘ पनि महत्वपूर्ण योगदान पुरयाएका छन् । कम्युनिस्ट बिचारलाई उनले आम जनता माझ पु¥याउन पनि मुख्य भूमिका खेलेका थिए ।

दार्जिलिङमा जन्मेका उनले धनकुटाको राम निमाविबाट शिक्षण पेशा सुरु गरेका थिए । उनले पछि आएर मोरङमा संगीत शिक्षण पेशा अङ्गालेका थिए ।

उनले विभिन्न लिम्बुवान क्षेत्रहरुमा शिक्षण पेशा गरे। त्यो बेला शिक्षाको लागि दक्ष राम्रो शिक्षकको धेरै अभाव हुने गर्दथ्यो। उनले धेरै वटा भाषाहरु अध्ययन गरेका थिए, बङ्गालि, हिन्दी, नेपाली, लिम्बू, संस्कृति र अङ्ग्रेजी भाषा राम्रो बोल्न जान्दथे ।
तिनवटा उपन्यास समेत उनले प्रकाशनमा ल्याएका थिए । उनका राजनितिक शैक्षिक शिष्यहरु अझै पनि छन् । उनैको उपदेश उनैको शिक्षालाई अपनाएका छन् ।

उनी संसारमा नरहे पनि उनलाई उनका हरेक साहित्य र उनका परिवर्तनकारी बिचारहरुमा उनलाई जिवित पाइने गरिन्छ । कन्दङवालाई सिङ्गो राष्ट्रको एक इतिहास र एक महान योद्धाको रुपमा चिनिएको थियो ।

सम्बन्धित खवर