दिक्तेल हुँदै भोजपुर– काठमाण्डौ सीधा यातयात शुरु

दिक्तेल हुँदै भोजपुर– काठमाण्डौ सीधा यातयात शुरु

भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौ सिधा यातायात सुरु भएको छ । सुपर खोटाङ भोजपुर यातायात प्रा.लि ले सिधा यातयात सञ्चालनमा ल्याएको हो । यहि मंसिर १६ गतेबाट सेवा दिँदै आएको प्रा. लि.ले आज जिल्ला प्रशासन कर्यालय भोजपुरमा भएको छलफल पछि भाडा समेत निर्धारण गरेको छ । भोजपुरबाट दिक्तेल हुँदै काठमाडौको सुमोको दुई हजार र बसको एक हजार ७०० भाडा निर्धारण गरेको हो ।
सुमो प्रत्येक दिन विहान ४ः ३० बजे भोजपुर डाँडागाउँबाट र ५ः४५ बजे देउरालीबाट छुट्ने प्रा.लि का अध्यक्ष दिवाशन राइले जानकारी दिए । अहिले सुमोबाट सेवा दिने र यात्रुको चाप बढेमा आवश्यकता अनुसार अरू यातायातका साधन सञ्चालन गर्ने व्यावसायीहरुले बताएका छन् ।

सम्बन्धित खवर