पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु

पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु

शुक्रवार राति बिर्तामोड सडक खण्ड अन्तरगत नै आँखा अस्पताल अगाडि पिकअप भेनको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सुर्खेत घर भएका १७ वर्षीय साइकल यात्री शिव सुवेदीलाई पिकअपले ठक्कर दिएको हो ।
पिक अपको ठक्करबाट उनको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसंगै साइकलमा सवार १८ वर्षीय ताप्लेजुङ घर भएका लीला विष्ठ गम्भीर घाइते छन् । साइकललाई ठक्कर दिएलगत्तै पिकअप फरार रहेकाले चालक र पिकअपको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर