लोकसेवा तयारी कक्षा पथरीमा नै सुरु

लोकसेवा तयारी कक्षा पथरीमा नै सुरु

पथरी, अहिले विभिन्न सरकारी सेवामा कर्मचारीको अभाव रहेको छ । स्थानीय तह देखि केन्द्र सम्म नै कर्मचारीको माग रहेको छ । ग्रामिण भेगमा बसेर लोकसेवाको तयारी गर्नका लागि मुस्किल भइरहेका बेला मोरङको पथरीशनिश्चरे १ पथरी बजारमा नै अब लोकसेवा सम्बन्धीको कक्षा हुने भएको छ ।

जी.एस. टेक्निकल इन्स्टिच्युट प्रा.लि.ले शनिवार रत्नचौकमा रहेको आफ्नै कार्यालयमा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरेको प्रोप्राइटर सुमन श्रेष्टले जानकारी दिएका छन् । बिराटनगर, धरान लगाएतका स्थानमा मात्रै लोकसेवा सम्बन्धी कक्षाहरु हुने भएकाले धेरैलाई असहज भइरहेको र अब आफ्नै घरमै बसेर पूर्वी मोरङमा पनी सबैले लोकसेवा तयारी गर्न सहज बनाइने श्रेष्ठको भनाइ छ ।

पहिलोचरणमा खरिदार र नायव सुब्बाको कक्षा गराइने तया भएको र आगामी दिनमा अन्य कक्षाहरु पनि थपिने श्रेष्ठले जानकारी दिए । शनिवार ११ बजेका लागि तय गरिएको अन्तरक्रियाबाट इच्छुक व्यक्तिले सोमबारबाट कक्षा सहभागी हुने अवसर पाउने श्रेष्ठको भनाइ छ । बिहान र बेलुका गरेर समयको व्यवस्थापन गरी सहभागीहरुलाई शान्त वातावरणमा दक्ष प्रशिक्षकहरुबाट कक्षा सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए । इच्छा हुने सबैले अन्तरक्रिया कार्यक्रममा बस्ने र यदि अन्तरक्रियामा छुटेको भएता पनि चाँडै सम्पर्क गरेर कक्षामा सहभागी भइ मौकाको फाइदा उठाउन श्रेष्ठले अनुरोध गरे ।

सम्बन्धित खवर