अशोकलाई राष्ट्रिय अध्यक्षमा जिताउन पूर्वेली जनता उर्लिए

अशोकलाई राष्ट्रिय अध्यक्षमा जिताउन पूर्वेली जनता उर्लिए

भीमराज अधिकारी, पथरी

वर्ष २०२० का लागि जेसिज राष्ट्रिय अध्यक्षका उम्मेद्वार अशोक शंकरलाई जिताउनका लागि यतिबेला पूर्वेली जनता उर्लिएका छन् । प्रदेश १ कै एकमात्र उम्मेद्वार शंकरलाई जिताउनका लागि आज गृह नगर पथरीशनिश्चरे १ मोरङका अर्जुन कुमार बुढाथोकीको नेतृत्वमा १ सय १ जना सदस्य रहेको अशोक शंकर जिताउ समिति समेत गठन भएको छ ।

समितिमा नगरका स्थापित व्यक्तित्वहरु लगाएत नगरका सम्पूर्ण संघसंस्थाका प्रमुखलाई समेटिएको छ । नगरकै गौरवको कुरा भएकाले नगरका नगरप्रमुख दिलिप कुमार राईको नेतृत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । अशोक शंकरलाई जिताउनका लागि शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख राईले नगरको मात्र नभएर शंकर राष्ट्रिय अध्यक्ष हुनु प्रदेशकै गौरवको कुरा भएको बताए । सल्लाहकार समितिमा मोरङको पूर्वी उत्तरी मोरङका पालिका प्रमुखहरु, संविधान सदस्य चन्डि प्रसाद राई समेत रहनेकुरा राईले बताए । सबैले एकजुट भएर शंकरको जितका लागि कम्मर कसेर हरेक क्षेत्रबाट लाग्न पनि राईले आग्रह गरे । सोही कार्यक्रममा पथरी सुनचाँदी व्यावसायी संघका अध्यक्ष नरेश घतानीको संयोजकत्वमा ३ सदस्यीय आर्थिक संकलन समिति समेत गठन भएको छ ।

शंकर पथरी जेसिजका संस्थापक अध्यक्ष हुन् । हाल सम्म शंकरले जेसिज वर्ष २०१४ को राष्ट्रि उपाध्यक्ष र वर्ष २०१८ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भएर समेत काम गरिसेका छन् । युवालाई एउटा कुशल नेतृत्व गर्न सक्ने क्षमताको विकास गरि समाजलाई हस्तान्तरण गर्न साथै नेपाल जेसिजलाई नयाँ गति दिन आफुले उम्मेद्वारी दिएको बताउँदै सबैलाई सहयोगको लागि शंकरले आह्वान गरेका छन् ।

जेसिजको वर्ष २०२०को लागि राष्ट्रिय अधिवेशन पुष ९ देखि १२ गते सम्म चितवनको रत्ननगर, सौराहामा हुने तय भएको छ । राष्ट्रिय अध्यक्षको लागि अशोक शंकरसँगै अन्य ३ जना चुनावी मैदानमा रहेका छन् ।

सम्बन्धित खवर