औषधि खरिदमा अनियमितता स् अख्तियारले पूर्वस्वास्थ्य निर्देशकलाई बोलायो

औषधि खरिदमा अनियमितता स् अख्तियारले पूर्वस्वास्थ्य निर्देशकलाई बोलायो

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको औषधि खरिद अनियमितताबारे बयान लिन अख्तियारले त्यसका तत्कालीन महानिर्देशक डा. रमेशविक्रम सिंहलाई बोलाएको छ
औषधि खरिद अनियमितताबारे अनुसन्धान थालेको अख्तियारले बिहीबार डा. सिंहका नाममा सातदिने सूचना जारी गरेको हो ।
आयोगले डा. सिंहलाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं. २ मा सम्पर्क गर्न निर्देशन दिएको छ । नआएमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि आयोगले दिएको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हेटौंडाले आर्थिक वर्ष ०७२र७३ र ०७३र७४ मा निःशुल्क वितरण गर्ने औषधि खरिद गरेको थियो । यी दुवै आर्थिक वर्षमा औषधि खरिदका लागि छुट्याइएको विनियोजित बजेट खर्च गर्दा अनियमितता भएको उजुरी परेको छ ।
उजुरीपछि अख्तियारले छानबिन अघि बढाएको छ । छानबिनका क्रममा निर्देशनालयका जिम्मेवार व्यक्ति मुछिएका छन् । यही क्रममा अख्तियारले यसका तत्कालीन महानिर्देशक डा. सिंहमाथि बयान लिन लागेको हो ।
डा. सिंह अख्तियारको स्ट्रिङ्ग अपरेशनको क्रममा १० हजार रुपैयाँ घुससहित पक्राउ पनि परेका थिए । कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै कर्मचारीहरुबाट रकम असुलेको आरोपमा उनलाई अख्तियारले २०७४ साउन ९ गते पक्रेको थियो ।

सम्बन्धित खवर