नेपालद्वारा भुटानलाई २३७ रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको शतक

नेपालद्वारा भुटानलाई २३७ रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको शतक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ले शतक प्रहार गरेका छन्। योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।
यस अघि पारस खड्काले मात्र शतक बनाएका थिए। मल्लले ५५ बल खेल्दै १०७ रन बनाएर आउट भए। उनले पाँच चौका र ९ छक्का प्रहार गरे। यस अघि पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
नेपालले भुटानलाई २३७ रनको विजयी लक्ष्य दिएको दिएको छ। नेपालले पुरै २० औं ओभर खेल्दै ३ विकेटको क्षतिमा २३६ रन बनायो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले विष्फोटक पाली खेल्दै २७ बलमा ४५ रन बनाए। भुटानका कर्मा दोर्जेले २ विकेट लिए।

सम्बन्धित खवर