ताप्लेजुङ सदरमुकाम फुङ्लिङको बसपार्क नजिकैको तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षीय अशोक भनिने भीमकुमार मादेन लिम्बू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार ताप्लेजुङ घुम्न आएका उनी गर्न कोठामा छिरेका थिए । महिला आफन्त सहित होटलमा बसेका मादेनको मृत्यु भएपछि ती महिला आफन्त र होटल साहुले प्रंहरीलाई खवर गरेका थिए। उनको साथवाट उनले प्रयोग गर्दै आएका मुटुको औषधी पनि भेटिएको प्रहरीले जनाएको छ।
‘मृतक मादेन प्रेशर र मुटुका बिरामी रहेको उनका बुवाले हामीलाई जानकारी गराएका छन्।’ सूचना अधिकारी प्रहरी निरिक्षक खड्काले भने ‘उनको मृत्यु सोहि रोगका कारण हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौ।’
घटनाका बारेमा अनुसन्धान जारी रहेको र शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको जानकारी खडकाले जानकारी दिएका छन् । सहयोग थाहाखबर
