काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नुहुने भएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ । यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्री ओलीले गएको सोमबार अस्पतालबाटै भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भएको जानकारी दिनु भएको थियो । सन्देशमा उहाँले सागको उद्घाटन समारोह पुरै हेरेको पनि बताउनु भएको थियो ।
उज्यालोबाट