लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रम शनिश्चरेमा

लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रम शनिश्चरेमा

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले बुधबार दोस्रो कार्यक्रमका रुपमा शनिश्चरेमा लैङ्गिक हिंसा विरुद्धको चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सदस्य यशोदा अधिकारीले लैङ्गिक हिंसा अन्त्य गर्न नारी र पुरुषको समान सहकार्य आवश्यक रहेको चर्चा गर्नुभयो । साथै उहाँले हिंसामा बढी मात्रामा महिला पिडीत भएकाले महिला अधिकारका लागि तीन तहका सरकारले कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा, पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मिराज अधिकारी, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता काट्टेल सहितले लैङ्गिक हिंसा विरुद्ध सवै जुट्न आग्रह गर्नुभयो ।

सो अवसरमा भएको वडा नम्वर ४, ८ र ९ नम्वरका विद्यालय स्तरीय कविता प्रतियोगितामा वडा नम्वर ९ को मेरिगोल्ड मेमोरियल स्कुलकी एलिशा नेम्वाङ पहिलो वन्नुभयो । त्यसैगरी, मेरिगोल्डकै उत्सुक खरेल दोस्रो, सिंहबाहिनी माविकी लक्ष्मी राई तेस्रो र ग्रेट ग्रेस स्कृुलकी अमीक्षा बराल सान्त्वना वन्नु भयो ।

विद्यार्थीबीचकै म्यूजिकल चियर्समा मेरिगोल्डकी कुन्ता भण्डारी पहिलो, सिंहवाहिनीकी दुर्गा खत्री दोस्रो र सिंहवाहिनीकै दिलकुमारी खत्री तेस्रो हुनुभयो ।

हण्डीफोरमा भनें ग्रेट ग्रेस इंगलिस स्कुलका क्षितिज रम्तेल विजयी वन्नु भयो ।

सो अवसरमा, श्रीजगा आधारभूत विद्यालयका आकृति राउतको समूहलाई गायनमा र सीता आदर्श आधारभूत विद्यालयका बालबालिकालाई नृत्यमा सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

सोही कार्यक्रममा लायन्स क्लब अफ पथरी शनिश्चरेको डीजी सर्भिस सप्ताह अन्तर्गतको रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको छ ।

सम्बन्धित खवर