पथरीमा कुकुरकाे बन्ध्याकरण सुरु

पथरीमा कुकुरकाे बन्ध्याकरण सुरु

पथरी, मोरङको पथरी शनिश्चरे नगरका सामुदायिक कुकुरहरुलाई वन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ । आज पहिलो दिन ४० वटा कुकुरको वन्ध्याकरण भएको छ ।

कुकुरहरुको वन्ध्याकरण अभियानमा लागि परेको हार्ट नेपाल काठमाडौंको प्राविधिक सहयोगमा पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले सडकमा रहेका सामुदायिक कुकुरहरुलाई आजबाट वन्ध्याकरण थालेको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै नगरलाई रेविज मुक्त बनाउन र कुकुरहरुको व्यवस्थापन गर्न यसखाले अभियान थालिएको बताउनुभयो ।

पहिलो चरणको ३ दिने अभियानमा हार्ट नेपालका चन्द्र राईको नेतृत्वमा डाक्टरहरु विशाल चौधरी, रविन्द्र तिवारी र सुजन श्रेष्ठसहितको ११ जनाको प्राविधिक टोली खटिएको छ । प्राविधिक टोलीले बजार तथा गाउँमा छाडा रुपमा रहेको कुकुरहरुलाई ३ वटा बोलेरोमा संकलन गरेको छ ।

सम्बन्धित खवर