बागलुङमा जीप दुर्घटना मृत्यु हुने १४ जनाकै सनाखत, १० जना गुल्मी इस्माका

बागलुङमा जीप दुर्घटना मृत्यु हुने १४ जनाकै सनाखत, १० जना गुल्मी इस्माका

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटनामा मृत्यु हुने १४ मध्ये १० जनाको सनाखत भएको छ । सनाखत भएका मृतकमा गुल्मी इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, सोही ठाउँका दोवाटा का ४० वर्षिया बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगाका माया थापा रहेका छन्।
यस्तै गुल्मी इश्मा ४ का वर्ष ४० की सिता कार्की, इश्मा ४ कै ६५ वर्षिय झवि कार्की, वर्ष ४५ कि भुमि कार्की, २५ वर्षकी मिना वस्नेत, ६५ वर्षका धन बहादुर कार्कीको पहिचान खुलेको छ ।
नवलपरासी वर्दघाट २ की ६० वर्षिया भुमा कार्कि, बागलुङ बडिगाड ७ का ५५ वर्षकीे नरमाया खत्रि रहेका छन् । मृत्यु हुनेमा ९ जना महिला, चार जना पुरुष र एक जना बालक रहेका जिल्ला प्रहरी कार्यलय बाग्लुङका प्रहरी नायब उपरिक्षक झविन्द्र भट्टराइले जानकारी दिए।
बाँकी ४ जनाको पहिचान खुल्न बाँकी छ । घाईतेहरुको बुर्तिबाङस्थित स्वाथ्य चौकीमा उपचार भइरहेको छ । अवस्था गम्भिर घाइतेलाई अन्यत्रै पठाइएको प्रहरीले जनाएको छ । गुल्मीबाट बाग्लुङको निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोलामा देवाली पूजाका लागि यात्रु बोकेर छुटेको जीप घोपर्नामा भीरबाट खसेको हो ।

सम्बन्धित खवर