अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफूविरुद्ध लागेको महाअभियोगको सुनुवाईमा सहभागी नहुनु हुने भएका छन्। आफ्नो राजनीतिक स्वार्थका लागि पदको दुरुपयोग गरेको भन्दै उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा भोलि हाउस अफ रिप्रेजेन्टेटिभमा सुनुवाई हुँदैछ।
सुनुवाईमा ट्रम्पका वकिल पनि सहभागी नहुने भएका हुन्। राष्ट्रपति ट्रम्पले सुनुवाई निस्पक्ष होस् भन्ने चाहना आफूको रहेको र त्यसैकारण सहभागी नहुने दाबी गरेका हुन्। हाउसअफ रिप्रेजेन्टेटिभको न्यायिक समितिले महाअभियोगको मामिलामा विभिन्न चरणमा छलफल गरिरहेको छ।
समितिमा कानूनका जानकार, विज्ञलगायतले आफ्नो भनाइ राखिरहेका छन्। राष्ट्रपति ट्रम्पविरुद्ध आफ्नो राजनीतिक फाइदाका लागि आफ्ना प्रतिद्वन्द्वी र उनका छोरामाथि छानबिन गर्न युक्रेनमाथि दबाब दिएको आरोप छ।
ट्रम्पले भने आफूमाथि लागेको यो आरोपको अस्वीकार गर्दै आएका छन्। विगत केही हप्ताअघि देखि ट्रम्पविरुद्धको महाअभियोगमा साक्षीहरुको बयान लिइँदै आएको छ।
साथै यस विषयमा सार्वजनिक सुनुवाईसमेत हुँदै आएको छ। अब ट्रम्पसँग छलफल गरेपछि महाअभियोगको प्रस्तावमा मतदान हुनेछ।
![आफूविरुद्धको महाभियोगको सुनुवाईमा ट्रम्प सहभागी नहुने](https://i0.wp.com/pradeshdainik.com/wp-content/uploads/2019/11/Donald-Trump.jpg?fit=900%2C600&ssl=1)