कराँतेबाट नवीनले नेपाललाई जिताए आठौं स्वर्ण

कराँतेबाट नवीनले नेपाललाई जिताए आठौं स्वर्ण

नेपालका नवीन रसाइलीले पुरुष कराँतेतर्फ स्वर्ण पदक जितेका छन्। मंगलबार भएको ६७ केजी तौल समूहको प्रतिस्पर्धामा पाकिस्तानका अहमद नासिरलाई हराउँदे उनले स्वर्ण पदक जितेका हुन्।
योसँगै १३औं सागअन्तर्गत कराँतेतर्फ नेपालले आठवटा स्वर्ण पदक जितेको छ। नेपालले सोमबार सातवटा स्वर्ण पदक जिते थियो। नवीनले पाकिस्तानका नासिरमाथि ८(६को प्रतिस्पर्धात्मक जित निकालेका हुन्।
नवीनको यो सागमा पहिलो सहभागिता हो । पहिलो पटकमै स्वर्ण जितेपछि उनले खुसीको सिमाना नरहेको प्रतिक्रिया दिए।
नवीनले बाई पाएर सीधै सेमिफाइनल खेलेका थिए। उनले कराँतेको कुमुतेमा बंगलादेशका मोहम्मद फार्दुसलाई ८(२ को स्कोरमा हराएर फाइनल पुगेका थिए।

सम्बन्धित खवर