बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

 

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। गुल्मीको ईस्माबबाट बुर्तिबाङ आउँदै गरेको जीप दुर्घटनामा परेको जनाइएको छ। बडिगाड गाउँपालिका(७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको हो।
गुल्मी ईस्माबबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले बताए। दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यू भएको छ। तीनजनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको प्रनाउ भट्टराईले बताए। मृत्यु हुनेहरुमा निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोला देवाली पूजाका लागि आउँदै गरेका यात्रुहरु परेका प्रहरीले जनाएको छ।

सम्बन्धित खवर