बलात्कार आरोपी सिद्धबाबा आईसीयूबाटै पक्राउ

बलात्कार आरोपी सिद्धबाबा आईसीयूबाटै पक्राउ

बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।
डीएसपी विनोद शर्माले पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको

बताए ।
बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको थियो । तर विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली पछि हटेको थियो ।
विराट अस्पतालका चिकित्सक ज्ञानेन्द्र गिरीका अनुसार, उनलाई ‘माइनर हर्ट अट्याक’ भएको थियो । हेलचेक्रयाइँ गर्दा थप जटिलता आउने भएकाले उनलाई आईसीयूमा राखेर उपचार गरिएको र अहिले सुधार आएको चिकित्सक गिरीले बताए ।
पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी र्पुयाइएको छ । अनलाईनखबर

सम्बन्धित खवर