ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको साताव्यापी सिता–राम विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा विधि हुने भएको छ । रामकलेवाको अवसरमा जानकी मन्दिर प्राङ्गनमा भारतको अयोध्याबाट आएका जन्तीका लागि विशेष भण्डारा (भोज)को गरिदैछ ।
पौराणिक मान्यतानुसार रामकलेवामा विवाहमा जन्तीका रुपमा आएका पाहुनाहरुलाई मिष्ठान भोजन गराउने गरिन्छ। पाहुनालाई ३६ व्यञ्जन खुवाउने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दासले बताए। भोजन आज साधुसन्त तथा महन्तहरुलाई दक्षिणा आदि प्रदान गरी बिधिबत रुपमा बिदाइ गर्ने परम्परा रहेको छ।
विवाहको क्रममा हुने तिलक, मटकोर, जन्ती र मरजादको भोज (राम कलेवा)को आयोजनले यस धार्मिक महोत्सवलाई सांस्कृतिक स्वरुप प्रदान गरेको मैथिली संस्कृतिविद्हरु बताउँछन्।
यस महोत्सवले लोपोन्मुख विवाह गीतहरुलाई समेत संरक्षण गरेको छ। यस वर्ष मंसिर १० गतेबाट सुरु भएको साताव्यापी विवाह पंचमी महामहोत्सव आज रामकलेवा भएसँगै विधिवत समापन हुन्छ ।
![विवाह पञ्चमी ः जन्तीलाई ३६ ब्यञ्जन खुवाएर बिदाइ गरिँदै](https://i0.wp.com/pradeshdainik.com/wp-content/uploads/2019/12/Screenshot_4.jpg?fit=725%2C424&ssl=1)